Friday, May 6, 2016

बिदेशी जिन्दगी

सात बर्ष भएछ 
घर नगएको 
फोनमा सन्चै छस् 
समयमा खानु, समयमा सुत्नु 
आफ्नो ख्याल गर्नु,
स्वास्थ्य नै सबै हो बाबु 
भन्ने आमा बुढी भैछन्  !

म तपाइको छोरो भनेर चिनाउन प्रयास गरेको  
यी नानी को हुन् भनेर आमाले सोध्दा 
आफु छोरो हो या हैन भन्ने दोधार भो !
धत् जिन्दगी !!!

0 comments:

Post a Comment