Thursday, November 9, 2017

निद्रा

आइजा चरी आइजा
बाबुलाई निदाईजा

आइजा बत्ती आइजा
बाबुलाई निदाईजा

आइजा मामा आइजा
बाबुलाई निदाईजा

आइजा बाबा आइजा
बाबुलाई निदाईजा

Saturday, July 22, 2017

अफिस

मान्छे अफिस जान 
रमाउने पनी 
हुँदो रैछ है सर ?

प्रतिबद्धता

गर्छु भनेसि त्यसरी गर्नु जहाँ 
निहुहरु, बहानाहरुको सवाल नहोस 
गर्नु बाहेकको बिकल्प नहोस 
कुनै पछूतो नहोस 
कत्ति पनि रिस राग नहोस 
अनि भोलिबाद नहोस 
अनि धोका नहोस । 

र गर्दिन भनेसि
त्यसरी नै नगर्नु ।

गर्नु पर्ने चिज प्रति
मान्छे जिम्मेबार होस्
प्रतिबध्द होस् 
समर्पण होस् !

जिम्मेबारी

जिम्मेवारीमा
लिने र दिने दुई पक्ष हुन्छन ।
दुबैको स्वार्थ हुन्छ
दुबैका सपना हुन्छन्
दुबैका आशा हुन्छन् ।
दुबैमा जिम्मेबारी थपिन्छ ।

लिनेमा त यसै थपियो
दिनेमा झन 
लिने ले के गर्ने होला भन्ने जिम्मेबारी !
त्यसैले जिम्मेबारी 
सामान्य गणित हो !

लक्ष्य प्राप्तिका बाटाहरु

लक्ष्य प्राप्तिका बाटाहरु 
सधैँ सिधा होलान र ?
मान्छेले परिस्थिति बस् 
बाङ्गिन, टेडीन पनि सक्नु पर्छ !
आफ्ना निर्णयहरु आफ्ना हुन्
आफ्नो उदेश्य आफ्नो हो 
संगर्ष आफ्नो अनि भोगाई आफ्नो !
गन्तव्यका बाटा जसरि मोडिन्छन् 
परे त्यसरी मोडिनु तर नहार्नु, नभाग्नु !

कुराहरु

कुराहरु जोड्न मिल्छन
गुणन गर्न मिल्छन 
तर घटाउ अनि भागा गर्न मिल्दैनन ।
कान चिम्लन सकिन्न 
बोली बिर्सन सकिन्न । 
बिर्सिनु भन्दा टाडीनु सजिलो
झेल्नु भन्दा भाँडीनु सजिलो । 

या त थोरै बोल्ने 
अनि थोरै सँग सुमधुर सम्बन्ध राख्ने, 
या धेरै बोल्ने, सुस्त बोल्ने अरुको सन्मान गर्न सक्नेसँग 
कसको के चल्ला र ?

ग्राहक डेभलपमेन्ट थेउरम

मान्छेको
समस्या बुझेर 
समाधान रुपी हथौडा 
सहि समय चिनेर
जसले ठोक्न सक्छ 
त्यहि पक्का बेपारी हो ।
समयको तूक होस् !

Monday, July 17, 2017

घर

घर बनाउनु भो 
भनेर साथीले सोध्दा  
पहिला, घर बस्ने 
मान्छे बनाउदै छु 
भन्दा मजै आयो !

Sunday, June 4, 2017

मान्छे

आफुसंग भएका 
आफ्ना कुराको 
बे-वास्ता गरी 
नभएका कुरा 
खोज्दै भौतारिने प्राणी !

Tuesday, May 16, 2017

मनशाका कुरा

सोचेका कुरा
भनेका कुरा
पढेका कुरा
गरेका कुरा
अनि लेखेका कुरा ।
सबैको सम्मिश्रण,
मनशाका कुरा !

किराहरु

किताबका कीरा
ठूला बने ।
फोनका कीराले
ब्यालेन्स रित्याये ।
प्रेमका किराले
प्रेमिका भगाए ।
टीभीका कीराले
हिन्दी खरर पारे ।
बेपारका कीराले
पैसो लुँडाए ।
ठगिका किराले
रकम लत्याए ।
परिकारका कीराले
स्वाद चखाए ।
बिदेशका किराले
साथीभाई लोभ्याए ।
इन्टरनेटका किराले
समाज हल्लाए ।
राजनीतिका किराले
चाहिँ किन छेरे ?

Tuesday, April 25, 2017

स्वादहरु

अपरिचित ठाउँहरुमा
अनौठो स्वादहरुसँग
कुरो नमिल्दा
के गर्छौ यात्री ?

भूकम्प

भूकम्पले हल्लाएको साँझ
अतासले रुमाल्याएको हूल !
आफ्ना बिरानाको माझ
शंखमूल निरको पुल !!
हतासले हाँतो बिर्सेर,
भुलेको जाँतो !!!

Friday, September 30, 2016

मुस्कान

नत शब्द 
आदान-प्रदान भो, 
नत स्पर्श
आँखाको कुराकानीमा 
हामीले,
छोटो मुस्कान साटेथ्यौँ !

[061]

मनशा

गजल लेख्न
मनशा लेख्न 
शिर्षक चाहिन्न रैछ। 

हेर्यो, फेरी हेर्यो, हेरिरह्यो
केवल हेर्नुले मात्र 
माया पाइन्न रैछ !

[061]

तीनपाने

जिन्दगीका कुनै पल 
मन दुखेको पीडामा
पिइयो। 

कुनै पल 
मन खुस भएकोमा 
पिइयो। 

छाडिएन ! 

सेलाउँदै

विगत च्यात्दै छु 
आफुलाई केलाउदै छु ।

निरश बन्दै गईरहेका दिनमा 
पुराना सकारात्मकता खोज्दै 
जोस्याउँदै छु, 
सेलाउँदै छु आफुलाई ।


विदेश

विदेशमा कामको
पसल थपेर बसेका त
हुन्नन् नि !

[09]

सफलता

तर छोरा 
जमाना प्रतिस्पर्धाको छ। 

जुन बाटो जा 
कडा मेहनत र संघर्स बिनाको
सफलता कदापी भेट्ने छैनस
आशै नगर्नु !
[09]

  

आशा

त्यै, अनकन्टारमा त 
टुसो पलाउँछ भने !
[06]

परिस्थितिहरु

अँध्यारो रातमा
आँखा चिम्लिन
मन लाग्नु, सबैलाई लाग्छ। 

तर म त्यस्तो अस्वाभाविकताको 
उल्लेख गर्दैछु
जहाँ प्रचुर उज्यालोको रापमा नी
ढ्याम्म ढोका थुनेर
आँखा छोपेर
निदाएको ढोंग गर्छन मान्छेहरु।
[06]


सुधार

आफूलाई सुधार्न
अरु चाहिन्छ भन्ने लाग्छ 
भने,
आफू बिग्रेछु भनेर बुझ्नु !
[06]

सोच

आँफुले राम्रो गरे 
सबैले राम्रो गर्छन 
भनेर,
सोच्न थालेको छु। 

[05]


अस्पस्ट भन्नेहरु

कुनै बेला 
कुराहरु धेरै भए 
कुराहरु मुछिए 
दहि बनाएर 
मथिए। 

अनि आजमाउन
भनियो मलाई। 

यी, जिन्दगि
यस्तो चल्दै छ !
[06]


हाँसो

राम्ररी, खुलेर
हाँस्न सके 
सब ठिक हुन्छ। 


समय सोच

जति दिन बित्छन 
त्यति 
सोचाई जटिल बन्ने 
समयको खेल सायद। 

[05]

शब्दहरु

शब्दहरु 
सकिएपछि 
दोहोरिन थाल्छन 
दिन पछि रात 
त्यसपछि फेरी दिन । 

दिन बदलिन्छ, हो । 
उज्यालो नै त हो हुने !

सोच बदलेलान 
शब्दहरु नै त हुन् । 
तिनै शब्द ! 

चाहना

मलाई यो
त्यो यस्तो त्यस्तो चाहिन्छ ?
चाहिदैन ।

म यसो गर्दिन
त्यसो गर्छु
त्यहाँ जान्छु ?
जान्न।

एकदम बितृष्णाको
सोच लाग्छ, संकुचित !

जीवन आज की भोली
केलाई छुटाउनु छ र ? 

पेग

सुरुमा एक पेग भनन हुन्थ्यो। 
त्यसपछि दुई फनन हुन्थ्यो। 
अर्को पाली तीन रनन हुन्थ्यो !
अनि चार झनन हुन्थ्यो।

आजकल 
पेग पानी बनेको छ
खाऊ, फालफाल खाऊ ।  

पानी पेग बनेन 
थियो होला, बिर्सियो !

अपरिचित ऐना

कुनै नौलो बिषय रहेन
अब, दुख सुख
नभनी भएन !

समयले यसरी ऐना देखायो कि
आफ्नै अनुहार अब आफ्नो रहेन। 
त्यहाँ कुनै
अपरिचित मान्छे देख्छु।

आफ्नै लागी समय पुगेन
आफ्नै दृष्य धमिलो लाग्छ।
 अमिलो लाग्छ।

मजा सजा

आँखामा नशा
नशामा मजा
मजामा सजा । 

यो एउटा सिक्री हो।

मजा गर्नु
अनि सजा नमान्नु
त्यस्तो हुन्न रैछ । 

अनन्तका धुनहरु

कहिलेकाहिँ लाग्छ
म अनौठो भएँ
बिग्रें !
मलाई अब
एउटा नशाले
लठ्याएको छ।

अनी म आकाशमा
उड्दै छु
पखेटा पलाए
बिना पेट्रोल बिना इन्जिन। 

अनायास
फेरी लाग्छ
मेरा पखेतहरु
काटिएका छन्
म माछा बने
बालुवामा छु
पानी छैन। 

परिहरु बोलाई रहेछन
स्वागत गान बझिरहेछ
अनन्तका धुनहरु
माझमा छु म !

मेरो दुनिया

यो दुनिया 
मेरो हो भन्दै हिड्थें।

साची दुनिया मेरै रैछ,
जबसम्म म त्यस्तो मान्छु !