Tuesday, October 26, 2021

सत्य

रहस्यहरु 
अँध्यारामा हुँदा रहेछन् 
उज्यालो भएपछि मात्र सत्य देखिने ।
कतिपय सत्यहरु डाँडापारी हुँदा रहेछन् ।
टुप्पामा पुगेपछी मात्र देखिने ।
कतिपय सत्यहरु सायद
उज्यालोमा पनि देखिदैँनन् ।

0 comments:

Post a Comment