Wednesday, January 20, 2016

चिया vs. गफ

सँगै चिया खाँदाको कुरो 
चिया नखाँदाको कुरो 
उही कुरो ।

चियाको कुरो भए 
चिया हुँदा हुन्थ्यो 
चिया नहुँदा हुन्थेन ।

समयको कुरो  
भोगेको कुरो 
चिया सँगै हुनु र चिया सँगै नहुनुले 
कुरो को चुरो के पो फरक थियो र !
न होला !

0 comments:

Post a Comment