Tuesday, October 26, 2021

सती

मेरो त कपाल मात्र काटियो
तर, टाउको त काटिएन ।
पोते मात्र चुँडाइयो 
तर, गला त रेटिएन ।
चुरा मात्र फोरियो
तर, हातहरु त फोरिएनन् ।
पाउजू मात्र झिकिए
तर, खुट्टाहरु जोगिए ।
गहना पो झिकिए 
तर, नाककान त काटिएनन् ।
मेरो शरीरका 
राता लुगा र श्रृङ्गार मात्र पो खोसिए
तर, शरीर त खोसिएन ।
कमसेकम मैले
जिआमाको जस्तै 
ज्युँदै चितामा जलेर मर्नुपरेन ।

0 comments:

Post a Comment