Tuesday, May 18, 2010

फूल (phul)

म,
फूल मन पराउने मान्छे,
फूल मा,
काँडाको उपस्थिति स्विकार्ने मान्छे,
जोगिदै,
फूलसंग जिस्किन खोज्ने मान्छे,
फूलको शीतको,
अनी,
कोमल स्पर्सको,
भाव बुज्न कोसिस गर्ने मान्छे,
फूलको लागि,
गमला किन्ने मान्छे,
नमरोस नझरोस भन्दै,
पानी हाल्ने मान्छे,
त्यो,
मैले रोपेको फूल भनेर,
गर्व गर्ने मान्छे !

0 comments:

Post a Comment