Tuesday, June 28, 2011

विगत

विगत देखी,
भाग्न खोजेको हैन |
भबिष्य देखी डराएको पनी हैन |

तै,
अन्डो गर्न नमिल्ने,
बिगतहरु,
म,
एकतर्फी बिर्सेर मेट्दै छु |

अरु,
भुलाउन नसकेका,
बिगतहरु,
म,
एकतर्फी पिएर मेट्दै छु |

अरु,
जिउन नसकेका,
बिगतहरु,
म,
एकतर्फी जिएर मेट्दै छु |

बस्,
बाँकी,
केहि विगत,
म आफूसंगै लिएर हिड्ने,
झिनो,
लिप्सा गर्छु |

मानौँ,
ती विगत सँग,
मेरो भविष्यको,
मनिलो सम्बन्ध छ |

0 comments:

Post a Comment