Tuesday, June 28, 2011

मुर्ख

हाम्रो,
हजुरबुबाको बाउले,
भन्नु हुन्थ्यो रे,
दु:ख नगरी सुख पाइंदैन |

अनी हाम्रो बुबाको बाउले,
भन्नु हुन्थ्यो रे
दु:ख नगरी सुख पाइंदैन |

अनी स्वयं बुबा,
भन्नु हुन्छ
दु:ख नगरी सुख पाइंदैन |

जब,
पुस्ताले,
त्यही एउटै कुरो,
भनेको भनै,
गर्छन भने,
जो दु:ख नगरी सुख खोज्छ,
त्यो मुर्ख हो |

ठोकेर भन्न सकिन्छ |

0 comments:

Post a Comment