Tuesday, June 28, 2011

सृजना

चरप्प,
कलम समातेर,
बेस्सरी,
अफ्नो मनले,
कागजमा,
स्पर्श गराउंदा,
लाग्छ,
म,
कसैको आकृति माथी,
आफ्नो मन कुदाउदै छु,
म कसैका,
सम्पूर्ण आवरणहरु,
शब्दमा उतार्दै छु |

टाइप गर्दा,
शब्दहरु उछिट्टीन्छन,
मकैको घानबाट,
फ्याट्ट मकैको फुलो उछिट्टीए झैँ |
यसमा मजा होला,
नशा छैन |

मलाई,
मैले चुमेको,
आकृति कोर्नु छ,
मैले स्पर्स गरेको,
तन लेख्नु छ |
मलाई, 
लट्ठ्याउने मन पोत्नु छ |

#thenobelers

0 comments:

Post a Comment