Wednesday, January 9, 2013

जाडो इन्जिनियरिङ


झुलुक्क घाम लाग्छ
अनि एक्कासी घाम भाग्छ l
मौसम के होला
कसले भन्न सक्ने ?

मौसम
इन्जिनियर पढ्नेको
इग्जाम जस्तो !
कहिले के हुन्छ
पत्तो हुन्न !

आगो बालेर तापेर
जाडो हटाउने
आश गर्नेहरु !

मौसम बिभाग
अनि त्यस्तै
आफूले मानेको
अरुले नमानेको
स्रोत संगतको
सूचनाको आश गर्नेहरु !

मुर्ख हुन् !
म जस्तै !

0 comments:

Post a Comment