Thursday, July 21, 2011

लेखक


फुरेको बेला नलेख्नेहरु,
लेखक बन्दैनन |

नफुरेको बेला लेख्नेहरु,
लेखक बन्दैनन |

लेख्नका लागि लेख्नेहरु,
लेखक बन्दैनन |

बाँच्नका लागी लेख्नेहरु,
लेखक बन्दैनन |

बिज्ञ हुदैमा मान्छे,
लेखक बन्दैनन |

कलम समात्दैमा मान्छे,
लेखक बन्दैनन |

पिडामा लेख्दैमा, प्रेमी
लेखक बन्दैनन |

खुसीमा लेख्दैमा, प्रेमी
लेखक बन्दैनन |

नशामा लेख्दैमा मान्छे,
लेखक बन्दैनन |

लेख्दैमा मान्छे,
लेखक बन्दैनन |

#writer

0 comments:

Post a Comment