Thursday, October 20, 2011

बेनाम

जोरेको कुरो ।
कसैको नामगरी किनेको कुरो ।
मागेको भए,
नासो हुन्थ्यो होला ।
चोरेको भए
पासो हुन्थ्यो होला ।
दिएको भए,
उपहार हुन्थ्यो होला ।
अनन्तकालमा नजुरेको समय !
र त्यो,
बेनाम भइदियो ।

भित्तामा पेन्डुलमको
सुई हल्लेजस्तो
सोचहरु हल्लिरहे ।
बेनाम,
त्यसै गरी हल्लिरहेथ्यो ।

कुनै पलको प्रतीक्षा सायद ।
त्यो पल
जुन आफ्ना लागि रचिएको होस् ।
वा सायद त्यो दिन
जुन आफ्ना लागि जन्मिएको होस् ।

जसको नाममा जोरेको
उसलाई दिने अठोट सायद ।

समय घुम्छ भन्थे ।
घुम्दो रैछ !
बेनामको न्वारन हुदै छ ।

बेनामले नाम पाउदै छ ।
अब त्यो नहल्लेला ।
र सोचहरु पनी ।

0 comments:

Post a Comment