Wednesday, July 23, 2008

मन हराए पछि

आकाश फुटाएर,
धर्ती टुटाएर,
आफैलाई लुटाएर,
मन-मनै कुटाएर,

धेरै कुराहरु,
धेरै सपनाहरु,
धेरै चाहनाहरु,
धेरै ईच्छाहरु,
धेरै कामनाहरु,
म धुलो पार्छु।

अनि,
रोटि बनाएर खान खोज्छु,

तर,
नत मुछेको मिल्छ,
नत बेलेको मिल्छ,
न त रापेको मिल्छ,
नत तापेको मिल्छ,

अहँ रत्ती मिल्दैन,
मेरो चल्दैन,
मेरो केही गल्दैन,

तर पनी त्यसले पिरोल्दैन,
सायद,
पिरोल्न त,
पगाल्न त,
हँसाउन त,
रुवाउंन त,
मन चाहिन्थ्यो होला,
त्यसैले,
त्यस्तो भएको ।

0 comments:

Post a Comment