Tuesday, May 18, 2010

मनशा (manasha)

यहाँ लेख्नेलाई नि,
फुर्सद छैन,
पढ्नेलाई नी !
म पढ्न रुचाउने मान्छे,
न कविता लेख्न जानें,
न त कथा,
गजल भन्योकी,
कसैका आँखाको गाजल सम्झिन्छ |
नाटक हेर्ने पो त,
गर्ने पो त,
मैले गीत गाये के के हुनी हो,
यत्ति हो,
मलाई आउँने,
मन मनै,
कहिले नशामा, 
यादको,
साथको,
अनि,
चाहतको !
अनि कहिले,
मन डुल्छ कि भन्ने डरमा !
यी यस्तै लेख्छु,
मनशा लेख्छु |

0 comments:

Post a Comment