Wednesday, September 14, 2011

नाच

बूढीमाउ त जुरुक्क उठिन्
र क्यासेट फेरी रिवाइन्ड गरिन् ।
त्यही गीत आयो ।

झमझम पानी पर्यो अषाढको रात
पारिबाट बज्न थाले मकैका पात…

लट्ठी फालेर
सर्लक्क मेहरो मार्दै
उनि सिमलको फूलझैँ हलुङ्गो भइन्,
हात हल्लाएर नाच्न थालिन् ।

हावाले पात हल्लाएकोजस्तो भयो ।

मेरा हात पनि तानिन् ।
म उनीसंगै नाच्न खोज्दा
झमझम पानीमा रुझेको
मकैको बोटझैँ लुत्रुक्क परेछु ।

पानीले पात बजाएझैँ
मलाई सुस्तरी थप्पड हान्दै
उनले आफूसंगै फनफन घुमाइन् ।

नाच्न नजानेकोमा मैले थैया माने ।
ग्लानी भयो ।

[ पल्पसा क्याफे 7 ]

0 comments:

Post a Comment