Thursday, October 13, 2011

बेफुर्सद

गफ-गाफ ?
भेटघाट ?
फुर्सद छैन ।
मिल्दैन ।
मिलाउन सकिन्न ।
यहाँ मान्छेलाई
टोलाउने फुर्सद छैन ।

चौतारी मुनी बसेर,
पीपलको हावा खादैं,
अब आउने तिहारमा
देउसी खेल्ने कुरो बुन्ने कस्ले ?

फर्पिङको नास्पती,
सकियो होला ।

पारी डाँडामा,
लालीगुराँस फुले अरे,
फूलुन ।

मनकामना घुम्न जाँदा,
खुसुक्क टिपेका सुन्तला
सुन्तला लाग्दैनन् यहाँ ।
बानेश्वोर चोकका सुन्तला पो सुन्तला ।

बेफुर्सद यस्तो लाग्छ
यहाँ बाँच्नेहरुलाई
बाँच्ने फुर्सद छैन ।

0 comments:

Post a Comment