Sunday, October 6, 2013

दशैं

बुबा आमा
दाजु भाउज्युहरु
दिदि भेनाज्युहरु
हजुरबुबा हजुरआमाहरु
ठुलाबा ठुलीआमाहरु
अंकल आन्टीहरु
फुफु फुपाज्युहरु
मान्यजनहरु

तकरिबन पच्चिस हातहरु
राता, सेता अक्षता
अनी एक वर्ष भरि
एक जीवन भरि 
पुग्ने निस्वार्थ आशिर्बादहरु !

दश उमलको निधार
दश सेकेन्डमा अक्षताले पुरीदिने
एउटा जोश, जाँगर, उमङ्ग
 आफूमाथि बिश्वास गरिदिने
अनि जीवन आत्मबलले भरिदिनेहरु !

वर्ष बित्दै जाँदा थपिएका
आफुले आशिर्बाद दिने निधारहरु
एउटा खुसि, नयाँ सोच, उत्साह 
आफुलाई आदर गरिदिने
अनि आफुमा जिम्मेवारी भरिदिनेहरु !

लंगर्बुजा, खाने तास र खेल्ने तासका खालहरु
एउटा जोश, रमाइलो, आनन्द
म छु है भनिदिने 
अनि आफुमा हिम्मत भरिदिने साथहरु !

जिन्दगी 
सफलताहरु र अप्ठेराहरुको दोसाँध भए
जुझ्ने आत्मबल 
कर्ममा बिश्वास
लागिपर्ने जिम्मेबारी
अनि भिड्ने साहस भरिदिनेहरु:
सबैमा दशैंको शुभकामना l

0 comments:

Post a Comment