Tuesday, June 21, 2016

चिल्ला फोटा भित्रका पीडाहरु




नेपाल न विदेश
दैनिक व्यस्तताले हकानिएर 
माध्यम र सूचनाको फरक गम्न नचाहेर,
रातो, सानोचारपाटे नोटिफिकेसनमा
खुसिको आशा थोपरेर  
आफ्ना संस्कार, आफ्ना साहित्य
र आफ्ना गुरुका सिकाईमा बिश्वास नभेटेर   
अपरिचित लाईकको पछी दौडेको "आधुनिक मान्छे" ! 

आफ्नो नाम * , 
आफ्ना फोटा अनी 
नबुझेको तर बुझेको झैँ लाग्ने 
नचिनेको तर चिने झैँ लाग्ने 
नचाहेको तर चाहे झैँ लाग्ने 
नखोजेको तर खोजे झैँ लाग्ने 
काम नलाग्ने तर कुनै दिन त पक्का काम लाग्ला झैँ लाग्ने 
भ्रामक, काल्पनिक तर यथार्थ झैँ लाग्ने 
आधुनिक "साथीहरुको समाज" बोकेर हिडेको मान्छे  !

उसले, त्यहाँ  
पीडा हेर्न खोज्नु
तनाव सुन्न खोज्नु
खटन को लिप्सा गर्नु 
आत्मियता खोज्नु 
कारुन्य रस पान गर्न खोज्नु 
कस्तो खोज हो ?

मान्छे घरमा रोला   
बा, आमा,  श्रीमती संग दुख पोख्ला 
दिदि-संग खटन साट्ला
दाई-भाई संग हौसला खोज्ला 
प्रियसी संग दिल खोल्ला
साथी संग मन पोख्ला !

तर चौबिसकोठी चोकमा बसेर 
कोही किन रोओस ? 


*Major Social Media Companies have enforced 
real name policies in their software platforms. 

1 comments: