Tuesday, October 26, 2021

दुलहा

खै कसले हो
ओढाएको सेतो कात्रो
उल्टाएर 
तिनको अनुहार देखाइदिए ।
मैले हेरिदिएँ पुलुक्क !

यसरी पुरै अनुहार हेरेको
यहि हो पहिलोपटक 
र अन्तिमपटक पनि !

0 comments:

Post a Comment