Tuesday, October 26, 2021

लास

पुरै अनुहार त कसरी भन्नू
तिनले अँखा चिम्लिएका छन ।
अनुहारको केन्द्र अँखाविना 
अनुहार पूरा हुन सक्तैन ।

तिनको नाक चुपचाप छ ।
नाक चुपचाप हुनु भनेको
पुरै शरीर चुपचाप हुनुरहेछ ।

सास नफेरेको अनुहारलाई 
अनुहार भनिन्छ कि भनिन्न ?

0 comments:

Post a Comment