Tuesday, October 26, 2021

तिहार

आफ्नै जिवनको 
रातो फूल टिपिँदा
कसैसँग केही गुनासो नगरेकी म 
आँगनका फूल 
छिमेकी दिदिहरुले टिप्दा
आमासँग गुनासो गरिरहेछु ।
मानौँ तिनिहरुले 
मेरै जिवनको फुल टिपेका हुन् ।

0 comments:

Post a Comment