Sunday, March 20, 2022

केटाकेटी

हाम्रो पालामा
काम गर्न खेत थियो
भुल्न बारी थियो
खेल्न चौर थियो ।

आजकल
टिभी छ 
मोबाइल छ 
कम्प्युटर छ ।

खुला आकाश मुनि हुर्केकाले
चार भित्ता भित्र हुर्केकाको
मन कसरी बुझ्ने/बुझाउने?

0 comments:

Post a Comment