Thursday, July 29, 2010

लाचार


म बस,
आफैले,
अहिलेसम्म,
मगजमा हालेका,
'सोच'हरुबाट पीडित छु !
मलाई,
खालि यस्तो गर्नु हुन्न,
भन्ने मात्र सोच आइरहेछ,
न कि,
यस्तो गर्छु भन्ने आँट |
म कायर हो,
म लाचार हो,
आफैले कुँदेर बनाएको,
सिलौटामा,
आफ्नै जिन्दगी च्याप्ने मुर्ख हो,
तै, हिड्नु त पर्छ |

0 comments:

Post a Comment