Friday, August 19, 2011

प्रेम पीडा


धेरै,
ओकल्न नमिल्ने
र बगाउन नमिल्ने कुराहरु,
अनी,
टारीदिन मिल्ने हाँसोहरु,
र बिर्सिदिन मिल्ने शुक्रबारहरु,
पर्याय हुन्छन |

आफैँ आउछन,खिस्स हाँस्छन् |
ओठ खोल्छन |
हराउछन्, बिलाउछन |
वा
बिर्सीइन्छन |
बिर्सिनु पर्छ |

कोले प्रेम नगर्ला...
आफैँ आउने,
अनी नहराउने ती,
मिठा बोझ हरुलाई !

0 comments:

Post a Comment