Friday, August 19, 2011


शब्दहरु,
झरुन,
नझरुन,
बाध्यता हुन सक्छ,
वा,
बिवशता,
अथवा,
खुसी पनी !
तै लेखिन्छ
वा,
टाइपिन्छ |

म,
नबोलेको भन्दा,
बोलेको,
अनि,
नलेखेको भन्दा,
लेखेको राम्रो मान्ने मान्छे !
समाजको,
अघि,
तिमीलाई,
बिर्सिएको मान्छे !
अनि मनमा,
यादहरु बोकेको मान्छे !

म,
प्रेम,
अनि,
समाज,
भन्ने शब्दहरु बिच,
पुल नभेटेको मान्छे !

म,
पौडी खेल्न,
डराएको मान्छे !

0 comments:

Post a Comment