Saturday, October 15, 2011

गफ

सोच ।
थोरै संकोच ।
दोधार ।
भन्नु की नभन्नु ?
फ्याँक्ने न हो ।

हावामा पुगेका कुराको
डेसटिनेसन आईपी हुन्न क्यार ।
जसले सिग्नल पक्ड्यो
त्यस्ले पड्कायो ।

भित्ताको नी कान हुन्छ रे ।
होस् ।

मध्यम लबज सुन्न
कान थाप्नु पर्दैन ।
फेरी आखाँ जस्तो,
कान चिम्लिन मिल्ने भए पो !

यो कुरो चित्त बुज्दो छैन ।
छेउ न टुप्पोको कुरा गर्छन मान्छेहरु ।
जाबो त्यति सानो कुरो थाहा छैन,
गफ हेर गफ ।
यस्तासँग बोल्नु त ब्यर्थ हो ।

वा

यस्ले के सोच्या आफूलाई ?
मान्छेले सुनें भन्दैमा जे नी बोल्ने ?
साला ।
पाखे ।

वा

”हो हो, हजुर । ”

वा

यस्तै केही,
जोत्ने न हो ।

0 comments:

Post a Comment