यो उमेर अचम्मको हुँदो रैछ । 
सबै कुरा उमेर कै खेल हो 
जस्तो लाग्न थालेको छ 
आजकल । 
जन्मियो, हुर्कियो
१५-२० को हुँदा सम्म स्कुल गैयो ।
स्कुल पछि क्याम्पस ।
क्याम्पस पछि जागिर ।
जागिर पछि बिहे ।
बिहे पछि छोराछोरी, परिवार ।
परिवार पछी घरजम ।
खयर भोग्न, देख्न 
धेरै बाँकी छ । 
0 comments:
Post a Comment