Wednesday, July 23, 2008

वैध्य बा

भविष्य,
शब्द सुन्दा,
भूतले तर्साए,
जस्तो लाग्छ,
फुक्न जान्छु सातो,
वैध्य बाले फुकेर उडाईदिन्छन,
एक क्षण - त्यस क्षण,
सब शान्त हुन्छु,
तर लाग्छ,
जुन उनले उडाईदिए,
त्यो उडेछ,
तर त्यो भन्द ठूलो भविष्य,
फुक्न जाँदाको क्षण उडेछ !

0 comments:

Post a Comment