Friday, December 3, 2010

बिच

मान्छे,
कि वारी हुन्छ,
कि पारी हुन्छ,
बिचमा हुन्न !
कि माथी हुन्छ,
कि तल,
लिन्ठिङ्ग अडिन्न !
खुसी,
कि दायाँ छ,
कि बायाँ छ !
बिचमा साँध छ,
बिचमा दोमन छ,
र,
मलाई सोध,
बिचमा तड्पीदाको पीडा !

0 comments:

Post a Comment