Sunday, May 15, 2011

हेराई को कुरा

आज,
हेराईको कुरा हुन्छ,
मौसम मात्र कति बेमान होस् !

कहिले काहिँ,
कसैको,
हेराइमा लट्ठीनु,
अनी,
अनवरत,
उसैका नयन,
लिप्सा गर्नु,
सायद,
उमेरको माग !

शब्दमा भन्नु पर्दा,
हाम्रो नयन समागम,
यस्तो थियो कि,
मानौ,
उसले मलाई,
तानी,
चरप्प समाती,
अनी,
किस गरि, 
र,
बाई पनी नभनी,
भागी !

उसका,
फर्की, फर्की हेर्ने,
आखाँहरु,
म फेरी नजिक चाहन्छु !

म त्यो पल,
फिर्ता चाहन्छु !

0 comments:

Post a Comment