Tuesday, June 14, 2011

भोलिबाद


यो काम,
भोलि गर्छु |

त्यो काम,
भोलि गर्छु |

यसो,
त्यसो,
भोलि गर्छु |

अहिले गर्नुपर्ने
भोलि गर्छु |

महत्वपुर्ण काम,
भोलि गर्छु |

अहिले र आज,
जे चाहिदैन,
जे नगरे नी हुन्छ,
जुन गर्नु र नगर्नुले,
केहि फरक पर्दैन,
त्यहि गर्छु |


हरेक भोलि यस्तै गर्छु |
तर मैले,
यस्तो गर्नु हुन्थेन !

solution

Anyone can do any amount of work, provided it isn't the work he is supposed to be doing at that moment -- Robert Benchley

0 comments:

Post a Comment