Sunday, June 12, 2011

समय

मेरो समय,
तिम्रो समय,
हाम्रो समय,
हाम्रो आफ्नो समय,
खल्तीमा,
बोकेर हिनेको समय |

के गर्नको लागी,
खल्तीमा राखेको हो,
भनेर बुज्दा नबुज्दै,
सायद,
खल्ती फाट्ला |

समय चुहिएला | 
र कुनै दिन,
त्यो,
सकिएला |

समय सकिएला !

खल्ती,
सिलाउनु पर्छ |

0 comments:

Post a Comment