Friday, September 2, 2011

बानी

अक्सर
सबेरै उठ्नेहरू
किन उठ्लान ?

अक्सर,
छिट्टै सुत्नेहरु,
किन सुत्लान ?

बिहान,
चाडैं उठेर,
के नाप्नु छ र ?
राति चाडैं सुतेन,
के लानु छ र ?

यी प्रश्नहरु,
हैन रैछन |
यी,
बानी हो रैछन |

र,
बानीमा,
किन को अर्थ रहदैन |
बानी,
लागेको कुरा,
त्यो,
गरिने कुरा |
गर्ने कुरा |

0 comments:

Post a Comment