Wednesday, September 14, 2011

कलाकार र बुद्ध


कलाकारसँग सकिदैन ।
उनीहरु अर्को संसार रचना गर्छन् ।
अर्कै भूगोल निर्माण गर्छन् ।
र आफूले चाहेअनुसारका पात्र बनाउँछन् ।

यी बुद्ध कस्तरी हेर्दै छन्
हेर्नेक आखैमा बस्ने गरी !

मैले मूर्ति बनाएँ भने
बुद्धका आँखा अर्कै बनाउन सक्छु ।
मेरो मूर्तिमर्फत
बुद्धले यस्तरी नहेर्न सक्छन् ।
ती बुद्धका आँखामा भ्रान्ति हुन सक्छ ।
म बुद्ध रचना गर्न सक्षम छैन ।

मैले बनाएँ भने
बुद्ध आवारा बन्न सक्छन ।
भो, बनाउन्न ।

बुद्धलाई बोधिसत्वप्राप्त
शान्तिका आँखामै रहन दिनुपर्छ ।

[ पल्पसा क्याफे 7 ]

0 comments:

Post a Comment