Wednesday, September 14, 2011

पुरानो काठमाण्डौं

सडकभन्दा अगाडि बिमानस्थल बनेको

मोटरभन्दा अगाडि जहाज चढ्ने नेपालीहरु बसेको
यो राजधानी ।

घरभन्दा बढी मन्दिर र मन्दिरभन्दा बढी देवता
भन्ने सुनेको सही हो भन्ने मलाई परिरहेछ ।

राति झ्यालमा टाढा कतै
बहालबाट आइरहेको मधुर भजन
एकोहोरो सुनिन्छ ।
कुनै गतिविधि छैन ।
सहरको कुनै आवाज छैन ।

रातभरि भजन भइरहेको

तेलको दियो बलिरहेको शान्त मन्दिर
आएर बसेजस्तै भईरहेछ ।

देउताका रुपमा
मैले त्यही हिमाली चुचुरो देखेको छु ।

माथी हिमाल छ 
र तल
तेलको दियोको प्रकाशमा मन्दिरवरपर
भजन गाइरहेका मान्छेहरु छन् ।

[ पल्पसा क्याफे 7 ]

0 comments:

Post a Comment