Thursday, October 20, 2011

जिन्दगी


त्यो कुनै पलको “भोगाई”
फेरी भोग्ने चाह गर्नेहरु । 
मान्छेहरु !

कोही गल्ती गर्छन ।
कोही प्रेम गर्छन ।
कोही जागीर अनी
कोही बिजनेस ।

कोही गाउँछन् ।
कोही नाच्छन् ।
कोही हँसाउछन् अनी
कोही रुवाउछन् ।

अरु यस्तै केही !

बाँकी
त्यो पल
बुज्दा नबुज्दै
सुतिसक्छन ।
हरेक दिन ।
हरेक रात ।

जिन्दगी
आफूले दोहोर्याउन चाहेका पल 
बुज्नेहरुको  !
बुज्न प्रयास गर्नेहरुको !

0 comments:

Post a Comment