Saturday, December 17, 2011

उपस्थिति

तिम्रो उपस्थिति
मेरो लागि
स्वर्ग थियो होला ।

तिम्रो बोली
मेरो लागि
संगीत थियो होला ।

तिम्रो भरोशा
मेरो लागि
आधार थियो होला ।

तिम्रो साथ
मेरो लागि
अनन्त थियो होला ।

र त म
तिमीसामु
कहिल्यै नभएको खुसी हुन्थेँ ।

0 comments:

Post a Comment