Wednesday, November 5, 2014

मान्छे रोबोट । रोबोट मान्छे ।

माध्यम प्लेन हैनन, हावा हुन् ।
माध्यम फोन हैनन, तार वा बेतार हुन् ।
माध्यम गाडी हैनन, बाटा हुन् ।
माध्यम डुंगा हैनन, पानी हुन् ।
माध्यम फेसबुक हैनन, इन्टरनेटका बाटा हुन् ।


माध्यम बाटा हुन् भने
साधन माध्यमका पाटा हुन् ।
जिन्दगी सूचना हुन् भने
सूचना जिन्दगीका खाका हुन् ।


माध्यम साधन हैनन ।
साधन सूचना हैनन ।
जिन्दगी साधन हैनन ।
माध्यम जिन्दगी हैनन ।


माध्यम यहाँ सूचना भए ।
साधन यहाँ जिन्दगी भए ।
जिन्दगी रोबोट भए ।
रोबोट मान्छे भए ।

0 comments:

Post a Comment