Friday, August 19, 2011

प्रेमीहरु - premiharu


सूर्य उदाएको,
मजा लुट्नेहरु
देख्नेहरु,
भाग्यमानी !

सूर्य अस्ताएको,
अनि,
चन्द्रमा उदाएको,
मजा लुट्नेहरु,
देख्नेहरु,
अझै भाग्यमानी !

आफ्नो,
अनि,
आफ्नाको,
मन
उदाएको, अस्ताएको,
अस्ताएको, उदाएको,
भोग्नेहरु
मजा,
सजा,
लुट्नेहरु,
सबभन्दा बढी भाग्यमानी !

प्रेमीहरु !

0 comments:

Post a Comment