Sunday, April 17, 2022

अमेरिका

दाईम २२ बर्षको केटोलेनेपालमा कहाँ गाडी चडेर हिंड्न् सक्थेँ होला र ?अनि कहाँ धनी-धनाड्यले सपिङ गर्ने ठाउँमा आफ्नो ग्रोसरी सपिङ गर्न पाउँथे र !मलाई यहीँ ठाउँ ठिक छ ।यो देशले मागेर हैनकाम गरेर खान सिकाएको छ ।धनी गरिब नभनिकन सबैलाई उस्तै अपर्च्युनिटी दिएको छ ।दाईम अब नेपाल गएर टिक्न सक्छु जस्तो लाग्दैन ।...

पैसो

कुलतमा नफस कुसंगतमा नपर ।सोखहरु धेरै बनाऊ तरआफ्ना इक्षाहरुमा केही समय लगाम लगाऊ ।आफुलाई काम/job मा समर्पित गर ।अनि हेर पैसो कसरी फल्छ ।...

Saturday, April 16, 2022

काम

तैले काम खोज्दैबस्ने हैन ।कामले तँलाई खोज्दै आओस ।तैले पैसो खोज्दैबस्ने हैन ।पैसोलेतँलाई खोज्दै आओस ।...

Wednesday, April 6, 2022

पैसो

पैसो पैसो बिक्रीमा छ !केल्ले किन्छौ ?परिश्रम ले (Labor)?शिप ले (Skill)?जागिर ले (Job)?पेशा ले (Profession)?ब्यापार व्यवसाय ले (Business)?उद्यमशीलता ले (Entrepreneurship)?दलाली ले (Brokerage)?सेवा ले (Service)?कारिगरी ले (Craftmanship)?कि अल्छि ले (Laziness) ?लाचारी ले (Helplessness) ?अन्जान ले (Unknowing) ?कि भाग्य ले (Luck) ?कि समय ले (Time) ?कि धर्मले (Belief) ?कि कर्म ले (Deed) ?कि ज्ञान ले (Knowledge) ?कि बुद्धि विवेक ले (Wisdom)?...

Tuesday, March 22, 2022

धेरै र थोरै

मान्छेले बुझ्दा सम्मधेरै र थोरैमा थोरै फरक छ ।जब ज्यादै धेरै अनि ज्यादै थोरै जुन मान्छेकोबुझाइ भन्दा टाढाकोकुरा आउँछधेरै र थोरै एकै हुन ।त्यसैले धेरै धनीर धेरै गरिबहरुउस्तै हुन्छन् ।जिन्दगी मिडल क्लास नै च्वास्सको हुन्छ !...

Monday, March 21, 2022

संगत

चुम्बक को संगत पाउँदा फलाम चुम्बक बन्छ !  जस्तो संगत मा पर्यो मान्छे बिस्तारै त्यस्तै बन्दै जान्छ ।...

Sunday, March 20, 2022

केटाकेटी

हाम्रो पालामाकाम गर्न खेत थियोभुल्न बारी थियोखेल्न चौर थियो ।आजकलटिभी छ मोबाइल छ कम्प्युटर छ ।खुला आकाश मुनि हुर्केकालेचार भित्ता भित्र हुर्केकाकोमन कसरी बुझ्ने/बुझाउने?...

Friday, November 5, 2021

तिहार

यस्तो बत्ती जाँदा जानेतिहार के तिहार ।निबुवाको पातकोदुनोमा ज्योती बालेरजिम गए जिम गए भन्दैझिलिमिली पारेको तिहारपो तिहार !गाइको गोबरले लिपेकोआँगनमा बालखा हामिलेभट्टयाएको देउसिरे वाला तिहारपो तिहार !बजारिया भाइ मसलाका पोका पारेको तिहार के तिहार फिनि, चिनी, भेली रोटि झिलिङ्गा, ताता ताता सेलनरिवल, पान, सुपारी किसमिसका पोकाकटुस, छोकडा र ओखरका भतेर वाला तिहार पो तिहार !...

Wednesday, October 27, 2021

संन्सार

जसले संन्सार आफ्नो मान्छउसलाई घर्म र अधर्मकोपरिधिले समेट्न सक्तैन ।...

हरि

जिन्दगीमा हरिको ह पनिनसुनेका मानिसहरु८०-९० बर्ष बाँचेकै छन् !...

लत-कुलत

कुलतजाँड रक्सी भाँङ धतुरोगाँजा चरेसचुरोट खैनी बिँडिसुर्ती गुट्खाहुक्का चिलिमजर्दा पान !लतचिया चिनी भात रोटी नुन तेल आलुमिठाइ तितौराकोकाकोला !कुलत ले मर्छौकि लतले मर्छौ साथि ?...

बेचैनी

अरु हिन्दा आफू दौडिए जस्तो ।अरु बस्ता आफू हिनिरहे जस्तो ।अरु शान्त हुँदा आफू छटपटिए जस्तो ।यो बेचैनी को स्रोत के हो ?के का लागी ?...

बिहे

५ बर्षको उमेरमा बिहे हुने जूग ।१० बर्षको उमेरमा बिहे हुने जूग ।१५ बर्षको उमेरमा बिहे हुने जूग ।२० बर्षको उमेरमा बिहे हुने जूग ।२५ बर्षको उमेरमा बिहे हुने जूग ।३० बर्षको उमेरमा बिहे हुने जूग ।३५ बर्षको उमेरमा बिहे हुने जूग ।मान्छेलाई जति लामो समयपरिवार बसाउनबाटबन्चित राखियोत्यति देश विकसित हुने हो त ?...

झरी

पानी परेपछी सबै अन्न, फलफूल तरकारिका बिउहरुयसरी उमृएको देखेरमलाई पनि झरीमा रुझ्न मन लाग्यो !...

Tuesday, October 26, 2021

सती

मेरो त कपाल मात्र काटियोतर, टाउको त काटिएन ।पोते मात्र चुँडाइयो तर, गला त रेटिएन ।चुरा मात्र फोरियोतर, हातहरु त फोरिएनन् ।पाउजू मात्र झिकिएतर, खुट्टाहरु जोगिए ।गहना पो झिकिए तर, नाककान त काटिएनन् ।मेरो शरीरका राता लुगा र श्रृङ्गार मात्र पो खोसिएतर, शरीर त खोसिएन ।कमसेकम मैलेजिआमाको जस्तै ज्युँदै चितामा जलेर मर्नुपरेन ।...

पढाई लेखाई

मलाई कस्ले सिकाइदिन्छ त नि अब पढ्न?आफै पढ्दै जाउ । हेरिरहेसी आफैं चिनिन्छन अक्षरएकपल्ट देखेको मान्छे फेरि देख्दा चिने जस्तै !अनि लेख्न नि?लेख्नु भनेको नियहाँको बाटो हिड्नु जस्तै त हो नि ।हिड्दै जाँदा हिनेको बाटोआफै चिनिएजस्तैलेख्दै जाँदा एकपल्ट लेखेका अक्षर आफै लेखिन्छन, चिनिन्छन ।एकपल्ट हिँडेको बाटोआफै याद भएजस्तै एकपल्ट देखेका अक्षरशब्दपटकपटक लेखेसीआफैं याद हुन्छन ।...

तिहार

आफ्नै जिवनको रातो फूल टिपिँदाकसैसँग केही गुनासो नगरेकी म आँगनका फूल छिमेकी दिदिहरुले टिप्दाआमासँग गुनासो गरिरहेछु ।मानौँ तिनिहरुले मेरै जिवनको फुल टिपेका हुन् ।...

बा

को रहेछ भनेरयसो भित्रबाट हेरेको त, बा पो !मलाई त बा आउँदा अर्को घाम उदाएजस्तै लाग्यो ।मेरो निजि घाम ।किनभने,बिहानको घामसँगसँगै बाआँगनमा झुल्किनुभएको छ ।...

सपना

दिनभरी कामैकामलेतन पनि मन पनि थाकेपछी सपना पनि निदाउँदो रहेछ ।...

मधुमाया

सोह्र सत्र बर्षकी होलिन् उनी ।उनका दुलहा मेरा बाका उमेरका छन् ।उनी आफ्नो दुलहासँग बोलेकोकहिल्यै देखेकी छैन ।नबोलिकन नै उनी कसरी गर्भवती भइन् होला?गर्भवती हुनदुलहासँग बोल्नुपर्छ कि पर्दैन भनेरएकदिन सोध्नेछु दिदिलाइ म ।...

धर्ती

आमाले सम्झाउनुभयो छोरिको जातले सहनुपर्छ नानी ।जस्तो पनि भोग्नु पर्छ ।छोरिले धर्ती हुनसक्नुपर्छ !...

आँसु

म आफैलाइ देखेर जे कुराले रुन्छु मेरा आफन्तहरुमलाई देखेर त्यही कुराले रुँदैनन ।तर, हाम्रा आँसु उस्तै हुन्छन् !...

बोली

यहाँ मैलेकेही पनि बोल्न पाउँदिन ।मेरो मुखमा ताल्चा लगाएर मानौँ चाबी उनिहरुले नै लिएका छन् ।मेरो मुख त्यसैले बन्द ढोकाजस्तै भएको छ ।तर, मेरो मनमा भने यिनिहरुले ताल्चा लगाउन सकेका छैनन् ।त्यसैले, म मनमनै मनलाग्दी बोल्छु ।जे पनि बोल्छु ।बोलिरहन्छु । ...

सत्य

रहस्यहरु अँध्यारामा हुँदा रहेछन् उज्यालो भएपछि मात्र सत्य देखिने ।कतिपय सत्यहरु डाँडापारी हुँदा रहेछन् ।टुप्पामा पुगेपछी मात्र देखिने ।कतिपय सत्यहरु सायदउज्यालोमा पनि देखिदैँनन् ।...

लास

पुरै अनुहार त कसरी भन्नूतिनले अँखा चिम्लिएका छन ।अनुहारको केन्द्र अँखाविना अनुहार पूरा हुन सक्तैन ।तिनको नाक चुपचाप छ ।नाक चुपचाप हुनु भनेकोपुरै शरीर चुपचाप हुनुरहेछ ।सास नफेरेको अनुहारलाई अनुहार भनिन्छ कि भनिन्न ?...

दुलहा

खै कसले होओढाएको सेतो कात्रोउल्टाएर तिनको अनुहार देखाइदिए ।मैले हेरिदिएँ पुलुक्क !यसरी पुरै अनुहार हेरेकोयहि हो पहिलोपटक र अन्तिमपटक पनि !...

चौतारो

चौतारो आयो ।चौतारोले आउ न एकछिन बसेर जाउ भनेजस्तो लाग्यो ।एकछिन थकाइ मारशितल तापपसिना पुछदुख बिसाउअनि जाउभनेजस्तै लाग्यो ।...

जे नि

ई कानले जे नि सुन्न पर्नी !यी अँखालेजस्तो नि देख्न पर्नी !यो जिवनले जस्तो नि भोग्न पर्नी !...

एक्लोपन

बैशाखको मन्द बतास चलिरहेको छ ।वरपिपलका पातहरुबताससँग सुस्तरी सासले बात गरिरहेका छन् ।म भने एक्लै आफुसँग बात मारिरहेकी छु ।एक्लोपनले आफैसँग कुरा गर्न र आफ्नो साथी आफैलाइ बनाउन सिकाउँदो रहेछ ।...

Sunday, October 24, 2021

सम्झना

मलाई आमाले पहिलोपटक दुई हत्केलाले उठाएर काखमा लिँदाको क्षण,पहिलोपटक नुहाइदिएको,आमाको पहिलो चुम्बन,पहिलोपटक मनतातो तेल लगाइदिएको क्षण,आमाले खुवाएको पहिलो गाँस,सुनेको र सिकेको पहिलो शब्द,असिम मायाले मेरो गालामा पारेको पहिलो प्याट्ट,पहिलोपटक आफैले फेरेको कोल्टे,चार खुट्टाले हिँडेको अनिदुई खुट्टाले आमाको हात समाएर थैथै गर्दै हिँडेको सम्झिन मन छ । ...

सेतो धरती

यो उपन्यास संस्कृति नामको घनले टाउकोमा एकोहोरो ठोकेर उठ्नै नपाएका पात्रहरुकोआँसु र पिडाको महाकाब्य हो ।- सुशान्त गुरुङ, गरिमा मासिक...

जीवन

जीवनलाई जीवनबाट पन्छाएर होइन भोगेर मात्र राम्ररी बुझ्न् सकिने रहेछ !...

Wednesday, October 13, 2021

धर्म शास्त्र

धर्म हराए, शस्त्र हराउँछ ।शास्त्र हराए, संस्कार हराउँछ ।संस्कार हराए, संस्कृति हराउँछ ।संस्कृति हराए, पहिचान हराउँछ ।पहिचान हराए, सर्वस्व हराउँछ ।...