Wednesday, October 13, 2021
हजाम
Monday, September 27, 2021
Sunday, September 26, 2021
Thursday, February 18, 2021
काठमाडौं
मलाई भिडभाड मन पर्दैन
मान्छेहरुको हुल मन पर्दैन ।
मलाइ मसिन र गाडिहरुको
कोलाहल मन पर्दैन ।
मलाई यसो फुर्सदमा
टोलाउन नपाउने
दैनिकी मन पर्दैन ।
काठमाडौंमा त्यस्तो केही छैन
जो मन परोस सिवाए आफ्नो काम ।
काठमाडौंको बयान
म एउटा जिब्रो भएको प्राणीले
कसरी गरि सकुँला र ?
उमेर
यो उमेर अचम्मको हुँदो रैछ ।
सबै कुरा उमेर कै खेल हो
जस्तो लाग्न थालेको छ
आजकल ।
जन्मियो, हुर्कियो
१५-२० को हुँदा सम्म स्कुल गैयो ।
स्कुल पछि क्याम्पस ।
क्याम्पस पछि जागिर ।
जागिर पछि बिहे ।
बिहे पछि छोराछोरी, परिवार ।
परिवार पछी घरजम ।
खयर भोग्न, देख्न
धेरै बाँकी छ ।
शङ्ख
शङ्ख बज्नु
घण्टी बज्नु
भगवानका आरति गुन्जनु
एउटा दैविक र आध्यात्मिक माहोल
दैनिक एक घन्टा बन्नु
सानो कुरा हैन जस्तो लाग्छ ।
आफ्नो संस्कार
परम्परा, रितिरिवाज
यसरी दैनिकी बन्दै
गुन्जीरहेको सुन्दा
मन आनन्दित हुन्छ ।
Monday, February 1, 2021
साथीहरू
Friday, January 22, 2021
संकोच
धेरै बोल्दा नचाहिने बोलिन्छ कि भन्ने संकोच ।
धेरै चल्दा केहि बिग्रिपो हाल्छ्की भन्ने त्रास ।
आजकल
इन्द्रियहरु संकोच ले रोकिएका छन्।
कुनै बेला उडेर आकाश छुन्छु भन्ने इक्छाहरु
अहिले सुतेर सपना देख्न समेत चाह गर्दैनन्।
यो उमेर हो ?
उमेर मात्र ले त यस्तो नहुनु पर्ने !
Saturday, January 16, 2021
टिभि मोबाईल ईन्टरनेट
Thursday, January 7, 2021
Tuesday, July 10, 2018
कुखुरी काँ
खै खोला?
घाम ले सुकायो!
खै घाम?
बादलले छेक्यो!
खै बादल?
हावाले उडायो!
खै हावा?
फू उ उ उ उ उ उ
(लामो सास तान्नुस अनी फुक्नुस)
Sunday, May 27, 2018
पुस्तक
तीन सय
खाली पन्ना होस
या तीन सय
भरिएका पन्ना होस
मूल्य उतिनै पर्छ !
सो,
तिमी के गर्छौ?
लेख्छौ ?
की पढेर बस्छौ?
Thursday, November 9, 2017
Saturday, July 22, 2017
प्रतिबद्धता
मान्छे जिम्मेबार होस्
प्रतिबध्द होस्
जिम्मेबारी
लक्ष्य प्राप्तिका बाटाहरु
कुराहरु
ग्राहक डेभलपमेन्ट थेउरम
समस्या बुझेर
जसले ठोक्न सक्छ
समयको तूक होस् !
Monday, July 17, 2017
Sunday, June 4, 2017
Tuesday, May 16, 2017
मनशाका कुरा
सोचेका कुरा
भनेका कुरा
पढेका कुरा
गरेका कुरा
अनि लेखेका कुरा ।
सबैको सम्मिश्रण,
मनशाका कुरा !
किराहरु
किताबका कीरा
ठूला बने ।
फोनका कीराले
ब्यालेन्स रित्याये ।
प्रेमका किराले
प्रेमिका भगाए ।
टीभीका कीराले
हिन्दी खरर पारे ।
बेपारका कीराले
पैसो लुँडाए ।
ठगिका किराले
रकम लत्याए ।
परिकारका कीराले
स्वाद चखाए ।
बिदेशका किराले
साथीभाई लोभ्याए ।
इन्टरनेटका किराले
समाज हल्लाए ।
राजनीतिका किराले
चाहिँ किन छेरे ?