Sunday, April 17, 2022
अमेरिका
दाई
म २२ बर्षको केटोले
नेपालमा
कहाँ गाडी चडेर
हिंड्न् सक्थेँ होला र ?
अनि कहाँ धनी-धनाड्यले
सपिङ गर्ने ठाउँमा
आफ्नो ग्रोसरी सपिङ
गर्न पाउँथे र !
मलाई यहीँ ठाउँ ठिक छ ।
यो देशले मागेर हैन
काम गरेर खान सिकाएको छ ।
धनी गरिब नभनिकन
सबैलाई उस्तै अपर्च्युनिटी दिएको छ ।
दाई
म अब नेपाल गएर
टिक्न सक्छु
जस्तो लाग्दैन ।
Posted By:
@bhu1st
On 10:58:00 AM
In अमेरिका, गाडी, नेपाल
Saturday, April 16, 2022
Wednesday, April 6, 2022
पैसो
पैसो
पैसो बिक्रीमा छ !
केल्ले किन्छौ ?
परिश्रम ले (Labor)?
शिप ले (Skill)?
जागिर ले (Job)?
पेशा ले (Profession)?
ब्यापार व्यवसाय ले (Business)?
उद्यमशीलता ले (Entrepreneurship)?
दलाली ले (Brokerage)?
सेवा ले (Service)?
कारिगरी ले (Craftmanship)?
कि अल्छि ले (Laziness) ?
लाचारी ले (Helplessness) ?
अन्जान ले (Unknowing) ?
कि भाग्य ले (Luck) ?
कि समय ले (Time) ?
कि धर्मले (Belief) ?
कि कर्म ले (Deed) ?
कि ज्ञान ले (Knowledge) ?
कि बुद्धि विवेक ले (Wisdom)?
Tuesday, March 22, 2022
धेरै र थोरै
मान्छेले बुझ्दा सम्म
धेरै र थोरैमा
थोरै फरक छ ।
जब ज्यादै धेरै
अनि ज्यादै थोरै
जुन मान्छेको
बुझाइ भन्दा टाढाको
कुरा आउँछ
धेरै र थोरै
एकै हुन ।
त्यसैले धेरै धनी
र धेरै गरिबहरु
उस्तै हुन्छन् ।
जिन्दगी
मिडल क्लास नै
च्वास्सको हुन्छ !
Monday, March 21, 2022
Sunday, March 20, 2022
Friday, November 5, 2021
तिहार
यस्तो बत्ती जाँदा जाने
तिहार के तिहार ।
निबुवाको पातको
दुनोमा ज्योती बालेर
जिम गए जिम गए भन्दै
झिलिमिली पारेको तिहार
पो तिहार !
गाइको गोबरले लिपेको
आँगनमा बालखा हामिले
भट्टयाएको देउसिरे वाला तिहार
पो तिहार !
बजारिया भाइ मसलाका
पोका पारेको तिहार के तिहार
फिनि, चिनी, भेली रोटि
झिलिङ्गा, ताता ताता सेल
नरिवल, पान, सुपारी
किसमिसका पोका
कटुस, छोकडा र ओखरका भतेर
वाला तिहार पो तिहार !
Wednesday, October 27, 2021
लत-कुलत
कुलत
जाँड रक्सी
भाँङ धतुरो
गाँजा चरेस
चुरोट खैनी बिँडि
सुर्ती गुट्खा
हुक्का चिलिम
जर्दा पान !
लत
चिया चिनी
भात रोटी
नुन तेल आलु
मिठाइ तितौरा
कोकाकोला !
कुलत ले मर्छौ
कि लतले मर्छौ साथि ?
बेचैनी
अरु हिन्दा आफू दौडिए जस्तो ।
अरु बस्ता आफू हिनिरहे जस्तो ।
अरु शान्त हुँदा आफू छटपटिए जस्तो ।
यो बेचैनी को स्रोत के हो ?
के का लागी ?
बिहे
५ बर्षको उमेरमा बिहे हुने जूग ।
१० बर्षको उमेरमा बिहे हुने जूग ।
१५ बर्षको उमेरमा बिहे हुने जूग ।
२० बर्षको उमेरमा बिहे हुने जूग ।
२५ बर्षको उमेरमा बिहे हुने जूग ।
३० बर्षको उमेरमा बिहे हुने जूग ।
३५ बर्षको उमेरमा बिहे हुने जूग ।
मान्छेलाई जति लामो समय
परिवार बसाउनबाट
बन्चित राखियो
त्यति
देश विकसित हुने हो त ?
Tuesday, October 26, 2021
सती
मेरो त कपाल मात्र काटियो
तर, टाउको त काटिएन ।
पोते मात्र चुँडाइयो
तर, गला त रेटिएन ।
चुरा मात्र फोरियो
तर, हातहरु त फोरिएनन् ।
पाउजू मात्र झिकिए
तर, खुट्टाहरु जोगिए ।
गहना पो झिकिए
तर, नाककान त काटिएनन् ।
मेरो शरीरका
राता लुगा र श्रृङ्गार मात्र पो खोसिए
तर, शरीर त खोसिएन ।
कमसेकम मैले
जिआमाको जस्तै
ज्युँदै चितामा जलेर मर्नुपरेन ।
पढाई लेखाई
मलाई कस्ले सिकाइदिन्छ त नि अब पढ्न?
आफै पढ्दै जाउ ।
हेरिरहेसी आफैं चिनिन्छन अक्षर
एकपल्ट देखेको मान्छे फेरि देख्दा चिने जस्तै !
अनि लेख्न नि?
लेख्नु भनेको नि
यहाँको बाटो हिड्नु जस्तै त हो नि ।
हिड्दै जाँदा हिनेको बाटो
आफै चिनिएजस्तै
लेख्दै जाँदा
एकपल्ट लेखेका अक्षर
आफै लेखिन्छन, चिनिन्छन ।
एकपल्ट हिँडेको बाटो
आफै याद भएजस्तै
एकपल्ट देखेका अक्षर
शब्द
पटकपटक लेखेसी
आफैं याद हुन्छन ।
मधुमाया
सोह्र सत्र बर्षकी होलिन् उनी ।
उनका दुलहा
मेरा बाका उमेरका छन् ।
उनी आफ्नो दुलहासँग बोलेको
कहिल्यै देखेकी छैन ।
नबोलिकन नै उनी कसरी गर्भवती भइन् होला?
गर्भवती हुन
दुलहासँग बोल्नुपर्छ कि पर्दैन भनेर
एकदिन सोध्नेछु दिदिलाइ म ।
बोली
यहाँ मैले
केही पनि बोल्न पाउँदिन ।
मेरो मुखमा
ताल्चा लगाएर
मानौँ चाबी उनिहरुले नै लिएका छन् ।
मेरो मुख त्यसैले
बन्द ढोकाजस्तै भएको छ ।
तर, मेरो मनमा भने यिनिहरुले
ताल्चा लगाउन सकेका छैनन् ।
त्यसैले, म मनमनै मनलाग्दी बोल्छु ।
जे पनि बोल्छु ।
बोलिरहन्छु ।
चौतारो
चौतारो आयो ।
चौतारोले आउ न
एकछिन बसेर जाउ
भनेजस्तो लाग्यो ।
एकछिन थकाइ मार
शितल ताप
पसिना पुछ
दुख बिसाउ
अनि जाउ
भनेजस्तै लाग्यो ।
एक्लोपन
बैशाखको
मन्द बतास चलिरहेको छ ।
वरपिपलका पातहरु
बताससँग सुस्तरी सासले
बात गरिरहेका छन् ।
म भने एक्लै
आफुसँग बात मारिरहेकी छु ।
एक्लोपनले
आफैसँग कुरा गर्न र
आफ्नो साथी आफैलाइ बनाउन
सिकाउँदो रहेछ ।
Sunday, October 24, 2021
सम्झना
मलाई
आमाले पहिलोपटक
दुई हत्केलाले उठाएर
काखमा लिँदाको क्षण,
पहिलोपटक नुहाइदिएको,
आमाको पहिलो चुम्बन,
पहिलोपटक मनतातो
तेल लगाइदिएको क्षण,
आमाले खुवाएको पहिलो गाँस,
सुनेको र सिकेको पहिलो शब्द,
असिम मायाले
मेरो गालामा पारेको पहिलो प्याट्ट,
पहिलोपटक आफैले फेरेको कोल्टे,
चार खुट्टाले हिँडेको अनि
दुई खुट्टाले आमाको हात समाएर
थैथै गर्दै हिँडेको
सम्झिन मन छ ।
सेतो धरती
यो उपन्यास
संस्कृति नामको घनले
टाउकोमा
एकोहोरो ठोकेर
उठ्नै नपाएका पात्रहरुको
आँसु र पिडाको
महाकाब्य हो ।
- सुशान्त गुरुङ, गरिमा मासिक
Wednesday, October 13, 2021
धर्म शास्त्र
धर्म हराए, शस्त्र हराउँछ ।
शास्त्र हराए, संस्कार हराउँछ ।
संस्कार हराए, संस्कृति हराउँछ ।
संस्कृति हराए, पहिचान हराउँछ ।
पहिचान हराए, सर्वस्व हराउँछ ।
Subscribe to:
Posts (Atom)